मुख्यमन्त्री डोरमणि पौडेल कोरोना मुक्त,गङ्गालालमा उपचार जारी
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना मुक्त भएका हुन् । आज कात्र्तिक १५ गते स्वाब परीक्षण गदा रिपोर्ट नेगेटिभ आएसँगै मुख्यमन्त्री पौडेल कोरोना मुक्त भएका हुन् । कात्तिक ६ गतेको स्वाब परीक्षणमा पोजिटिभ आएर पनि पौडेल र्थ सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौमा उपचाररत रहेका छन् ।
मुख्यमन्त्री पौडेलको स्वाब प्रादेशिक प्रयोगशाला धुलिखेलमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । कोरोनाको रिपोर्ट नेगेटिभ र्आपनि मुख्यमन्त्री पौडेलको गङ्गालालमा उपचार भइरहेको उनले बताए । मुख्यमन्त्रीको स्वास्थ्यमा सुधार आएको प्रेस संयोजक दाहालले जानकारी दिए ।
मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ ।

बाइलाइन नेपाल











