क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमण मुक्त

बाइलाइन नेपाल
१५ कार्तिक २०७७, शनिबार ०७:५९

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।युभेन्ट्सका स्टार स्ट्राइकर रोनाल्डो शुक्रबार कोरोना संक्रमणबाट मुक्त भएको युभेन्टसले जनाएको छ ।रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले जनाएको छ । कोरोना देखिएको १९ दिनपछि रोनाल्डो कोरोना मुक्त भएका हुन् ।

नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोनाको संक्रमण देखिएको थियो । कोरोना संक्रमित भएपछि रोनाल्डो दुई साता भन्दा बढीबाट मैदान बाहिर रहदै आएका छन् । नेसन्स लिग अन्तर्गत स्वीडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*