वाग्मती प्रदेशको सर्वोत्कृष्ट प्रहरी इन्सपेक्टर तिमिल्सिना

बाइलाइन नेपाल
१४ कार्तिक २०७७, शुक्रबार १८:२४

वाग्मती प्रदेश प्रहरी कार्यालयले गरेको मूल्यांकनमा इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित भएका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा तिमिल्सिनालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

असोज महिनाको विभिन्न मितिमा गरी ९ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा कैद भुक्तानको लागि पेश गरेको, लागु औषधसहित मानिस पक्राउ गरेको, डलर साट्ने बहानामा ठगी गर्ने समुह पक्राउ गरेकाले उनलाई सर्वोत्कृष्ट घोषणा गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिएका छन् ।

प्रदेश प्रहरी कार्यालयले महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७ अनुसार छनोट समिति गठन गरेर हरेक महिना सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्न थालेको छ । कार्यविधि अनुसार असोजदेखि १५ जना प्रहरी कर्मचारीलाई पनि पुरस्कार दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*