कोरोना संक्रमित बढेपछि थाहानगरमा विद्यालय बन्द गर्न प्याब्सनको निर्देशन

बाइलाइन नेपाल
१४ कार्तिक २०७७, शुक्रबार १८:१९

पछिल्लो समय थाहानगरमा पनि कोरोना भाइरसका संक्रमितको संख्या बढेपछि तत्कालका लागि बिद्यालय नखोल्न्न निजी तथा आवासीय बिद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) थाहानगरले आफ्ना सदस्य विद्यालयहरुलाइ सूचितत गरेको छ ।

शुक्रबार आएको स्वाव परीक्षणको रिपोर्ट अनुसार स्वास्थकर्मीसहित थप ५ जनामा कोरिना पोजिटिभ देखिएपछि थप जोखिमलाइ न्यूनिकरण गर्न विद्यालयहरु बन्द गर्न सूचना गरिएको प्याब्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले बताए ।

प्याब्सनको सूचना पछि बज्राबारहीमा खुलेका निजी स्कुलहरु शुक्रबार नै बन्द गरेका छन् । ‘नगर प्रमुख लवशेर विष्टसँग कुराकानी भएको छ, अब कोरोनाको जोखिम बढेको अनुभूति भएकोले आइतबार शिक्षा समिति र सरोकारवालाहरुको बैठक बस्ने कुरा भएको छ, त्यसैले हामीले आउँदो शुक्रबार(कात्तिक २१ गते) सम्मका लागि बिद्यालयहरु बिदा गर्ने निर्णय गरेका छौँ ।’ प्याब्सन नगरबाट जारी सैचनामा भनिएको छ ।

तत्कालका लागि प्रभावित क्षेत्रहरु दामन, पालुङ र बज्रबाराहीका विद्यालयहरुको पठनपाठन स्थगन गरिने अध्यक्ष प्रधानले बताए । तर विद्यालयको प्रशासन कक्ष खुल्ला रहनेछजनाइएको छ । –थाहा टाइम्सबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*