मकवानपुरमा शुक्रबार बिहानै ५९ जनामा कोरोना, हेटौंडामा मात्रै ४८ जना (पूर्ण विवरणसहित)

बाइलाइन नेपाल
१४ कार्तिक २०७७, शुक्रबार ०६:४६

हेटौंडा । मकवानपुरमा बुधबार बिहानै ५९ जना संक्रमित थपिएका छन् । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तहमा बसोबास गर्नेसहित ५९ जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका भित्रमा ४८ जना कोरोना संक्रमित फेला परेका छन् । यस्तै थाहा नगरपालिकामा ५ जना, मनहरी गाउँपालिकामा ५ र बकैया गाउँपालिकामा एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कात्र्तिक १२ गते संकलन गरिएको ११० जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष ३६ र महिला २३ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*