राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण
नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना जारी गर्दै चार खेलाडीलाई कोरोना संक्रमणको पुष्टि भएको जनाएको हो ।
बिहीबारबाट सुरु भएको राष्ट्रिय फुटबल टोलीको टिमको प्रशिक्षणका लागि ३४ खेलाडीलाई बोलाइएको थियो । तर, प्रशिक्षणमा भने ३० जना खेलाडीले मात्र सहभागीता जनाएको थिए ।
चार जनामा कोरोना संक्रमणको पुष्टि भएका कारण प्रशिक्षणमा ३० जनाले सहभागीता जनाएको एन्फाले जनाएको छ ।कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको एन्फाले जनाएको छ । एन्फाले संक्रमित खेलाडीको नाम भने खुलाएको छैन ।
प्रशिक्षण सुरु गर्नु पूर्व एन्फाले बुधबार खेलाडीको स्वाव संकलन गरेको तर, चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।नेपालले बंगलादेशसँगको अन्तर्राट्रिय मैत्रीपूर्ण खेलका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।

बाइलाइन नेपाल











