अब स्वास्थ्य मन्त्रालयले सातामा २ दिन मात्र कोरोना अपडेट दिने
आजबाट हप्ताको दुई दिनमात्र प्रेस बिफ्रिङ हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।बुधवार नियमित प्रेस ब्रिफिङक आक्रममा डा. गौतमले मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमति प्रेस बिफ्रिङको तालिका परिवर्तन गरेको बताएका हुन् ।
अबदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र साबिकको समयमा कोभिड–१९ सम्बन्धी नियमति प्रेस विफ्रिङ हुने र अन्य दिन भने ४:३० बजे मन्त्रालयको वेभसाइटमा कोभिड–१९ सम्बन्धी तथ्याङ्क अपलोड गरिने प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ९५४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

बाइलाइन नेपाल











