नेकपाले चाडपर्व लक्षित चियापान नगर्ने

बाइलाइन नेपाल
११ कार्तिक २०७७, मंगलवार १४:४९

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ । नेकपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

‘हाम्रो पार्टीले नेपालीहरुका चाडपर्वहरूका अवसरमा विगत वर्षहरुमा आयोजना गर्दै आइरहेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोरोना महामारीका कारण यस वर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ’, पार्टी कार्यालयको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

नेकपाले बडादशैं, तिहार, नेपाल सम्वत्, छठ लगायतका समस्त नेपालीहरूको चाडपर्वहरूका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*