देशका पूर्वी र मध्यभागमा आज पनि टीका

बाइलाइन नेपाल
११ कार्तिक २०७७, मंगलवार ०६:५१

विजया दशमीको भोलिपल्ट आज एकादशी । देशका पूर्वी तथा मध्यभागमा दशैंको टीका लगाउने क्रम आज पनि जारी छ ।यी भागमा कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने गरिन्छ । पश्चिमी भेगमा भने विजयादशमीको दिनमात्र टीकाटाला चल्छ ।

काठमाडौं उपत्यका, यसका आसपासका जिल्ला र पूर्वतिर दशैं पूर्णिमाको दिन मात्रै सकिन्छ । टाढा रहेका आपन्तहरूको हातबाट टीका लगाउन उनीहरूको घरमा जाने क्रममा पूर्णिमाको दिनसम्मै जारी रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*