यौनसम्बन्धी विचित्रका तथ्यहरु

एजेन्सी
१० कार्तिक २०७७, सोमबार १९:४९

एउटा मानिसले ३० मिनेटसम्म सक्रिय यौनक्रिया गर्दा उसको शरीरबाट करिब २०० क्यालोरी उर्जा खर्च हुन्छ ।एक मिनेटको चुम्बनले २६ क्यालोरी खर्च गर्छ ।सन् २००८ मा औसत अमेरिकी पुरुषहरुको शुक्रकीटको संख्या सन् १९७८ को तुलनामा ३० प्रतिशत घटेको पाइएको थियो ।

अमेरिकीहरुले आफ्ना सुत्ने कोठापछि सबैभन्दा बढी यौनक्रिया गर्ने ठाउँ कार रहेको विभिन्न अध्ययनहरुले देखाएको छ ।अमेरिकामा प्रत्येक ५ जनामा १ जना कामकाजी मानिसले आफ्ना सहकर्मीसँग यौनसम्बन्ध कायम गरेको हुन्छ ।संसारभरिमा १ प्रतिशत मानिसहरु यस्ता पनि हुन्छन्, जसलाई कुनै पनि हालतमा विपरीत लिंगीसँग यौनाकर्षण नै हुँदैन ।

यौन क्षमता कमजोर हुनेहरुका लागि औषधीको रुपमा सन् १९९८ मा भियाग्राको चक्की बजारमा आएको थियो । त्यसबेला उक्त चक्कीको यति बढी माग भएको थियो कि बजारमा आएको तीन महिनाको छोटो अवधिमा मात्रै उक्त औषधी कम्पनीले ४१ करोड १० लाख अमेरिकी डलर नाफा गरेको थियो ।

वीर्यको मुख्य भूमिका भनेको सन्तानोत्पत्तिमा हुने गर्छ । तर विभिन्न अध्ययनहरुले के देखाएको छ भने वीर्यमा हुने प्रोटिनमा छालाको चाउरी हटाउने वा कम गर्ने तत्व पनि हुने गर्छ ।मानिसमा बच्चा जन्माउनको लागि शुक्रकीट र अण्डाको जरुरत पर्दछ । एउटा वयस्क पुरुषको शरीरमा दैनिक करोडौं शुक्रकीटहरु उत्पादन भइरहेको हुन्छ । तर एउटा महिलामा भने एउटा निश्चित संख्यामा मात्र अण्डाहरु हुने गर्छ ।

एउटा छोरी जन्मेको बेलामा उनको शरीरमा करीब १० लाख अण्डाहरु हुन्छन् । तर वयस्क उमेरमा आइपुग्दा त्यो घटेर तीन लाख मात्रै हुन्छ । तीमध्ये पनि महिलाको प्रजनन कालमा ३०० देखि ४०० वटासम्म अण्डाहरु मात्रै गर्भाधानको लागि निष्काशन हुने गर्छ । औसत रुपमा मानिसले १९।२५ वर्षको उमेरमा मानिसले पहिलो पटक यौन सम्पर्क कायम गर्ने गर्छ ।

यौन सम्पर्कको मामिलामा एशियाली देशहरुभन्दा पश्चिमा देशहरु अगाडि छन् । एशियाली देशहरुको तुलनामा पश्चिमा देशका मानिसहरुले धेरै चाँडो कुमारित्व गुमाउने गर्छ ।

संसाभरिमा मानिसहरु औसत रुपमा प्रत्येक ३ दिनमा यौन सम्पर्क गर्ने गरेको आँकडाले देखाउँछ । धेरैलाई लाग्न सक्छ, अमेरिकीहरुले यो आँकडालाई उछिन्छ । तर ५३ प्रतिशत सक्रिय यौनजीवन बिताइरहेका अमेरिकीहरु चाहिँ हप्ताको १ पटक मात्रै यौनसम्पर्क राख्ने गर्छन् । २००८ को आँकडाअनुसार त्यसबेला एउटा मासिनले वार्षिक १०३ पटक यौन सम्पर्क राख्ने गथ्र्यो भने सन् २०१३ मा आइपुग्दा त्यो बढेर १२७ पटक पुगेको थियो ।

यौनक्रियाको दौरानमा इन्डोरफिन (Endorphin) निस्कने गर्छ, जसले अफिमले जस्तै आनन्दको अनुभूति दिने गर्छ । यो इन्डोरफिन आफैंले चाहिँ प्रभावकारी पीडानाशकको काम गर्छ । सम्भवतः यही कारण हुनुपर्छ ः यौनक्रिडाले मानिसहरुको टाउको दुखाइ, महिनावारीको दुखाइहरु कम हुने कुरा चिकित्साविज्ञानले पनि मानिसकेको छ ।

यौनक्रियाको दौरानमा पुरुष स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टाको हुने गर्छ । तर जब वीर्य योनीभित्र प्रवेश गर्छ, त्यो अति सुस्त हुन्छ । त्यसले महिलाको ६ इन्चको सर्भिक्स पार गर्न पाँच मिनेटको समय लगाउँछ भने वीर्यमा रहेको शुक्रकीट अण्डासम्म पुग्नको लागि ७२ घण्टासम्मको समय लाग्न सक्छ ।

सक्रिय यौनजीवन बिताउने मानिसहरुको आयु पनि लामो हुने देखिएको छ । हप्ताको कम्तिमा एक पटक यौन सम्पर्क गर्नाले मुटुको रोगको सम्भावना ३० प्रतिशत, डायबिटिजको सम्भावना ४० प्रतिशत र हृदयघातको सम्भावना ५० प्रतिशत घटाउँछ ।

कतिपय मानिसहरुले आफू वाइनको सेवनपछि यौनमा बढी सक्रिय हुने गरेको अनुभव गर्ने गर्छन् । वास्तवमा त्यो सत्य हो । वाइनको वासनाले महिला र पुरुष दुवैको यौनेच्छा बढाउने गर्छ । वाइनको वासना मानिसमा हुने यौनेच्छा जगाउने फेरोमोन जस्तै रसायनिक तत्व हुने गर्छ ।

चकलेटमा हुने कतिपय तत्वहरुले मानिसमा यौनेच्छा जगाउने गर्छ । कतिसम्म भनिन्छ भने त्यसको प्रभाव प्राक्क्रिडाको जस्तै हुने गर्छ । कतिपय विशेषज्ञहरु त के मान्छन् भने मानिसमा यौनेच्छा जगाउने सन्दर्भमा चकलेटको सेवन प्राक्क्रिडाभन्दा पनि बढी प्रभावकारी हुन्छ ।

प्रत्येक वर्ष अनुमानित १० अरब पुरुष कण्डोम प्रयोग हुने गर्छ ।सबैभन्दा पहिला कण्डोम प्रयोग गर्ने श्रेय प्राचीन इजिप्टवासीलाई दिइन्छ । उनीहरुले जनावरको मुत्रथैली र आन्द्रालाई कण्डोमको रुपमा प्रयोग गर्ने गर्थे । कण्डोम पातलो भए पनि बलियो हुने गर्छ । एउटा औसत कण्डोमले ३.७ लिटरसम्म पानी थाम्न सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*