उपचारपछि कमल थापा घर फर्किए
काठमाडौं । कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइतबार घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि असोज ३० गते चावहिलको ओम अस्पतालमा भर्ना भएका उनी १० दिनको उपचारपछि घर फर्किएका राप्रपाको केन्द्रीय सचिवालयका सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
टाउको दुख्ने,ज्वरो आउने र श्वासप्रस्वासमा समस्या हुने लक्षण देखिएपछि उनको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।थापाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर कन्सल्ट्यान्ट पन्मनोलोजिस्ट डा. सुबोध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेशसुन्दर श्रेष्ठ, डा. बिपिन कार्कीलगायतको टिम संलग्न थियो ।थापाको पछिल्लो पटकको स्वाब परीक्षणको नतिजा भने आएको छैन ।

बाइलाइन नेपाल











