दशैंको टीकाको दिन कस्तो होला मौसम ?

बाइलाइन नेपाल
८ कार्तिक २०७७, शनिबार १०:०३

यस वर्ष दशैंको टीकाको दिनसम्म देशभर मौसम सफा हुने मौसमविदले बताएका छन् ।मौसमविद शान्ति कँडेलले अनलाइनखबरसँग भनिन्, ‘देशभर मौसम डिस्टर्ब छैन । त्यसैले यस वर्ष हिले दशैं हुने सम्भावना छैन ।’पूर्वी भागको आकाशमा अलिअलि बादल लाग्ने र विशेष गरी प्रदेश १ को पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना भए पनि त्यसले केही असर नपर्ने मौसमविदको पूर्वानुमान छ ।

‘प्रदेश १ को पहाडी भागका केही जिल्लामा पानी पर्दा पनि क्षणिक मात्रै, हल्कामात्रै हुने हो,’ मौसमविद कँडेलले भनिन्, ‘त्यसले दशैंमा कुनै असर गर्दैन ।’प्रदेश नं. १ सँग नजिक भएका प्रदेश नं. २ र बागमती प्रदेशका कुनै–कुनै ठाउँमा पनि बादल देखिने छ । तर पानी भने नपर्ने कँडेल बताउँछिन् । उनका अनुसार पश्चिम नेपालको आकाश भने पूरै छ्याङ्ग हुने छ । यो वर्ष विजया दशमीको टीका लगाउने उत्तम साइत कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटको लागि जुरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*