घरैमा बसेर पनि दशैंमा यसरी चिटिक्क बन्नुहोस्
कोरोनाको महामारीको कारण दशैंमा ब्युटी पार्लर जान नपाएर चिन्तामा हुनुहुन्छ भने अब ढुक्क हुनुहोस् । घरैमा बसेर पनि आफू चिटिक्क बन्न सक्ने सौन्दर्यकर्मीहरु बताउँछन् । अनुहारका लागि मेकअप जरुरी छ । यसले सुन्दरतामा निखार ल्याउनुका साथै वातावरणमा भएका विभिन्न विकिरण र हानिकारक तत्वबाट छालालाई सुरक्षा दिने सौन्दर्यकर्मी मीरा श्रेष्ठले बताइन्।
मेकअप गर्दा के गर्ने, के नगर्ने र यसको प्रक्रियाबारे श्रेष्ठ भन्नुहुन्छ, लुगा मात्र राम्रो लगाएर हुन्न जव मेकअप नहुँदा अवश्य पनि नराम्रो देखिन्छ ।हामी सबै दशैंको लागि राम्री बन्नुपर्छ त्यसैले मेकअप गर्दा पहिले अनुहार सफा राख्नुपर्छ उहाँ भन्नुहुन्छ, सफा अनुहारमा सनब्लक लगाउनुपर्छ उनी थप्छिन्, यदि अनुहारको छाला रुखो छ भने यसअघि मोइस्चराइजिङ लोसन लगाउनुपर्छ ।
मेकअपको सबैभन्दा महत्वपूर्ण र धेरैलाई थाहा नभएको प्राइमर लगाउनु जरुरी हुन्छ ।उनले प्राइमरले अनुहारमा मेकअपका लागि एउटा बेस बनाइदिने जानकारी दिइन् । यो लगाएपछि अनुहारमा छुट्टै चमक आउँछ र फाउन्डेसनलाई धेरैबेरसम्म टिकाइराख्ने उनले जानकारी दिइन् ।
यस्तै, मेकअप आर्टिस्ट मन्जु कार्की पाण्डे भन्छिन्, आँखाको मेकअप सबै भन्दा महोत्वको विषय हो ।
धेरैले आँखाको मेकअप फाउन्डेसन लगाएपछि मात्र गर्नुहुन्छ तर हामी भने यो पहिले नै गर्छौं किनभने आँखाको मेकअप गर्दा हातले पटक पटक छालालाई छोइरहेको हुन्छ, आइस्याडो झरिरहेको हुन्छ ।
त्यसैले पुनः फाउन्डेसन लगाउनुपर्छ । त्यसपछि फाउन्डेसन लगाउनुहोस् । तर मेकअप गर्दा फाउन्डेसन नै लगाउनुपर्छ भन्ने छैन । अनुहारमा धेरै दागहरू नभएका र गोरो वर्ण भएकाले बीबी क्रिम लगाउँदा पनि अनुहार आकर्षक र सुन्दर देखिन्छ । त्यसपछि पाउडर प्रयोग गर्न सक्छौं ।
दशैं भनेको खानपिनको चाड हो त्यसकारण खाने क्रममा कतिको लिपस्टिक लत्पतिन्छ र धेरै बेरसम्म टिक्दैन पनि । यसका लागि पाण्डे भन्नुहुन्छ, पहिलो कोटको लिपस्टिक लगाइसकेपछि टिस्यु पेपरलाई एक पटक ओठले च्याप्नुपर्छ त्यसपछि दोस्रो कोट लिपस्टिक लगाउनुपर्छ । अन्त्यमा टिस्युलाई ओठमाथि राख्ने र त्यसमाथि पाउडर लगाउने ।
धेरैको सोच मेकअप धेरैसम्म टिकोस् भन्ने नै हुन्छ । यसका लागि मेकअप स्प्रे, सेटिङ स्प्रे वा फिक्सरको प्रयोग गर्न सकिन्छ । स्प्रे लगाउँदा चार घण्टा टिक्ने मेकअप ६ घण्टासम्म पनि टिक्ने गर्छ । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेकी छन् ।

बाइलाइन नेपाल











