भारतीय जासूसी संस्था ‘रअ’ का प्रमुख नेपाल भ्रमणमा
काठमाडौं । भारतीय जासूसी संस्था रिसर्च एन्ड एनालाईसिस विङ्स (रअ) का प्रमुख सामन्थ गोयल नेपाल भ्रमण आएका छन् । गोयल नेपाल आएको जानकारी प्राप्त भएको छ । यद्यपि, उनी के प्रयोजनका लागि नेपाल आएका हुन् भन्ने खुलेको छैन । भारतका सेनापति एमएम नर्भाणेको नेपाल भ्रमण तय भइसकेको अवस्थामा ‘रअ’ का प्रमुख नेपालको भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
जासुस टोलीले प्रयोग गरेको विमानको कलसाइन IFC 4620 रहेको छ । गोयल प्रधानमन्त्री केपी ओलीलगायत उच्चपदस्थ ब्यक्तित्वहरुसङ्ग आज राती महत्त्वपूर्ण भेटघाट सक्नेगरी यतै बस्नेछन् । भोलि बिहान साढे ९ बजे स्वदेश फर्कने छन् । उनी जिम्मेवारी सम्हाल्नासाथ पोहोर साउन ४ गते पनि नेपाल आएका थिए ।

बाइलाइन नेपाल











