केराको पात र रुद्राक्षमा सुतेको बच्चाको तस्वीर भाइरल

बाइलाइन नेपाल
४ कार्तिक २०७७, मंगलवार २०:३७

विश्वमा यस्ता कमै मानिस होलान् जसलाई बच्चाहरु मन नपर्दो हो । प्रायः मानिसलाई साना बच्चाहरु औधी मन पर्छ । दैनिक इन्टरनेटको पहुचँमा रहनेहरुले सामाजिक सञ्जालमा निकै सुन्दर र राम्रा बच्चाहरु देख्ने गर्दछन् । कतिपयले निकै ति बच्चाका फोटोमा लाइक र कमेन्ट नगरी स्क्रोल गर्न सक्दैनन् । आज हामी यस्तै एक बच्चाका बारेमा चर्चा गर्दैछौ, जो यति धेरै सुन्दर देखिएका छन् जो कोहिले उनको तस्वीरलाई लाइक गर्दछन् ।

फोटोग्राफर ललित दत्तात्रेय लाडगे नामक ब्यक्तिले केराको पत्तामा रहेका एक बालकको तस्वीर शेयर गरेका थिए । जो सामाजिक सञ्जालमा निकै भाइरल बन्यो । यी साना बालक दक्षिण भारतीय भेषभूषामा केराको पत्तामा सुतेका छन् । गलामा माला, निधारमा टिका लगाएर मुस्कुराएका ती बालकको तस्वीरलाई धेरैले रुचाएका छन् ।

सोहि बच्चाको अर्को तस्वीरसमेत उनै फोटोग्राफर ललितले शेयर गरेका छन् । रुद्राक्ष मालाको आसनमा सुतेको बच्चाले जनै धारण गरेका छन् । हातमा घण्टी गलामा रुद्राक्ष माला, निधारमा टिका लगाएका बालक ब्राम्हण पोसाकमा देखिन्छन् । यो तस्बीर समेत भाइरल बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*