न्यायका लागि द्वन्द्वपीडित समाजमा मकवानपुरमा पुनः चौलागाईं

बाइलाइन नेपाल
३ कार्तिक २०७७, सोमबार १६:५१

हेटौंडा । दश वर्षे माओवादी द्वन्द्वमा राज्य र माओवादी दुवै पक्षबाट पीडित भएकाहरुको संस्था न्यायका लागि द्वन्द्व पीडित समाज नेपाल मकवानपुरको पुर्र्नगठन गरिएको छ । सोमबार भएको भेलाले पुनः तेजप्रसाद चौलागाईंको अअध्यक्षतामा समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा शम्शेर थिङ, सचिव गोविन्द थपलिया, सहसचिव जयबहादुर वाईवा, कोषाध्यक्षमा नानु गुनीलाई चयन गरेको छ । यसैगरी सदस्यमा छ्योइसङ थिङ, लक्ष्मी मोक्तान, विजय थापा, मैयादेवी विक, विनादे साह, जनुकिरी पण्डित पुडासैनीलाई चयन गरेको छ ।

यस्तै भेलाले आामन्त्रित सदस्यमा लक्ष्मी घलान तामाङ, ज्योमो माया बज्यु, हिरा कर्माचार्य र सिता राना रहेका छन् भने केन्द्रीय अधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधिका रुपमा शम्शेर थिङलाई चयन गरेको छ । कार्यक्रम संस्था अध्यक्ष तेजप्रसाद चौलागाईको अध्यक्षता तथा संस्थाका केन्द्रीय महासचिव देवबहादुर महर्जनको प्रमुख आतिथ्यतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*