मकवानपुरमा सोमबार संक्रमितको संख्या ११७ पुग्यो

बाइलाइन नेपाल
३ कार्तिक २०७७, सोमबार १६:१९

हेटौँडा । मकवानपुरमा आज ११७ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । हेटौंडा र चितवनबाट जारी भएको रिपोर्ट अनुसार सोमबार मात्रै मकवानपुरमा एकसय बढीमा कोरोना भाइरसको नतिजा पोजेटिभ आएको हो ।

सोमबार बिहान आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले सोमबार बिआन जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तह र अन्यत्र घर भई मकवानपुरमा बसोबास गर्नेसहित ३५ जनामा कोरोना पुष्टि भएको थियो ।

यसैगरी सोमबारै दिउँसो चितवन मेडिकल कलेज (सिएमसी) को प्रयोगशालामा गरिएको परीक्षणमा हेटौँडा उपमहानगरपालिका भित्रका ५६ जनामा कोरोना पुष्टि भएको थियो । सिएमसीले जारी गरेको रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिका– ८ का २१ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै हेटौंडा–६ मा ७ जना, हेटौंडा–११ मा १२ जना, हेटौंडा–६ मा ५ जना, हेटौंडा–५ मा ५ जनाको कोरोना पोजेटिभ आएको जनाइएको छ । यसैगरी हेटौंडा, १, २, ४, १३, १४ र १८ मा एकएक जनालाई संक्रमण भएको छ । यस्तै राक्सिराङ गाउँपालिका–१ का एक जनालाई कोरोना पोजेटिभ देखिएको सिएमसीको रिपोर्टमा उल्लेख छ ।

यसैगरी सोमबार दिउँसो नै आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरमा थप २५ जनामा कोरोना भाइरसको लक्षण देखा परेको छ । जसमा हेटौंडा उपमहानगरपालिकाका १३, थाहा नगरपालिकाका ७ जना, मनहरी गाउँपालिका–२, राक्सिराङ गाउँपालिका–१ र दुई जना सुनसरी र चितवन जिल्लाका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*