कोरोना संक्रमितले अस्पतालमा बेड पाउँदैनन्, होम आइसोलेसनमा बस्दा के गर्ने ?
काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढेसँगै संक्रमितले बेड नपाउने समस्या समेत बढेको छ । जसका कारण होम आइसोलेसनमा संक्रमित बस्ने क्रम समेत बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले होम आइसोलेसनमा बस्दा खोकी, थकान लाग्ने र ज्वरो पाँच दिनसम्म देखिनुका साथै थप छाती भारी हुने र सुत्दा श्वासप्रश्वासमा कठिनाइ देखिएमा तुरुन्त अस्पताल जानुपर्ने जानकारी दिए ।
उनले भने,“धेरैमा लक्षण दुई दिनसम्म देखिने र आफैं हराउँदै गएको पाइन्छ तर संक्रमणको पाँच दिनसम्म थकान, खोकी र ज्वरो देखिएको छ । त्यसमा पनि थप छाती भारी हुने र सुत्दा श्वासप्रश्वासमा कठिनाइ देखिएमा तुरुन्त अस्पताल जानुपर्छ ।” उनका अनुसार कोरोना संक्रमण हुँदा तनाव लिन र आत्तिने गर्नुहुँदैन । लामो समयदेखि खोकी लागेका र ज्वरो आएकाहरुले आफ्नो अक्सिजनको मात्रा परीक्षण गर्न उनको सुझाव छ ।
अक्सिजनको मात्रा घटेमा अस्पताल जानुपर्ने उनले बताए । उनले भने,“युवाहरुमा ९० भन्दा कम र दमका विरामीहरुमा ८८ भन्दा कम देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ ।” डा. बास्तोलाका अनुसार कोरोना संक्रमण भएर होम आइसोलेसनमा बस्दा पोसिलो र झोलिलो खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । आइसोलेसनमा बस्दा परिवारका अन्य सदस्य समेत जोखिम हुने हुँदा एउटा कोठामा तर छुट्टै शौचालय प्रयोग गर्नुपर्छ । यदि छुट्टै शौचालय प्रयोग गर्न नसकिने अवस्थामा शौचालय प्रयोग गरिसकेपछि साबुन पानीले सफा गरेर झ्याल र ढोका खोलेर राख्न उनको सुझाव छ । उनले भने, “कोरोना संक्रमण देखिएका व्यक्तिहरु समेसम्म सिटिङ् रुमा जानुहुदैन् ।”
संक्रमितको हेरचाह गर्ने व्यक्तिल अनिवार्य मास्क र ग्लोभ्स लगाउने र दुरी कायम गर्नुपर्ने उनले जानकारी दिए । उनले भने, “अर्को श्वासप्रश्वासको समस्या सुत्दाको समय देखिएको छ, उक्त समस्या बढ्न थालेमा अस्पताल जानुपर्छ ।” उनका अनुसार कोरोना संक्रमितले अन्य हेरचाह गर्ने व्यक्ति आएको अवस्थामा अनिवार्य मास्क लगाएर बस्ने नभए एकै कोठामा हुदाँ मास्क लगाउनु पर्दैन । संक्रमितका कपडा डिटरजेन्ट पाउडरमा धुन सकिने उनले बताए ।
“ज्वरो देखिएका व्यक्तिले समय समयमा ज्वरो थर्ममिटरबाट जाँच गर्ने ज्वरो भएमा पारासिटामोल खाने गर्नुपछ,” उनलेभने, “खोकीलाग्नेका व्यक्तिले समयमा समयमा अक्सिजनको मात्रा मापन गनुपर्छ भने स्वासप्रश्वासमा रातिको समयमा कठिनाइ भएमा पनि तुरुन्तै अक्सिजन जाँच गर्नुपछ ।” अर्को, अक्सिजन मिटर नभएमा खोकी बढ्ने र श्वासप्रश्वासमा कठिनाइ देखिएमा त्यस्ता व्यक्तिले तुरुन्त चिकित्सकको सल्लाह लिन उनले जानकारी दिए । वृद्धवृद्धाको हेरचाह गर्ने व्यक्ति समेत मास्क र ग्लोभ्स लगाउने र दूरी कायम गर्न उनको सुझाव छ ।
वृद्धवृद्धा वा दिर्घरोगीहरुमा ज्वरो वा कुनै पनि कोरोनाका लक्षण तुरुन्तै स्वास्थ्यकर्र्मीको परार्मश वा सल्लाह लिनुपर्छ । एकछिन हेरौँ भनेर कुरेर बस्न नहुने उनको भनाइ छ । आइतबार बेलुका मात्र देशभर संक्रमित होम आइसोलेसनमा २६ हजार ४०८ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।-साभारः बाह्रखरी डट्कमबाट

बाइलाइन नेपाल











