हेटौंडामा सोमबार बिहानै थपिए ३५ जना कोरोना संक्रमित (पूरा विवरणसहित)

बाइलाइन नेपाल
३ कार्तिक २०७७, सोमबार ०६:४९

हेटौंडा । मकवानपुरमा आज ३५ जना संक्रमित थपिएका छन् । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तह र अन्यत्र घर भई मकवानपुरमा बसोबास गर्नेसहित ३५ जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका भित्रमा ३३ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा हेटौंडा–४ मा १०, हेटौंडा– २ मा ८ जना, हेटौंडा–९ मा ७ जना र अरु अन्य वडाका रहेका छन् । यस्तै बारा र बझाङ घर भई हेटौंडामा बसोबास गर्दै आएका २ जना कोरोना संक्रमित फेला परेका छन् । असोज ३० गते संकलन गरिएको १९३ जना मध्ये ९२ जनाको स्वाब परीक्षण गर्दा ३५ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष २१ र महिला १४ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*