राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

बाइलाइन नेपाल
१ कार्तिक २०७७, शनिबार २०:५८

राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । हाल ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्या छैन ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओम अस्पतालमा उपचाररत राष्ट्रिय प्रजातन्त्रा पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ ।अस्पतालले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाको ज्वरो नियन्त्रणमा आएको र श्वासप्रश्वासमा समेत समस्या नरहेको जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*