पूर्वराजाले सर्वसाधारणलाई टीका नलगाउने, शक्तिपीठमा पनि नजाने

बाइलाइन नेपाल
१ कार्तिक २०७७, शनिबार २०:३४
फाइल तस्वीर

पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्। कोरोना महामारीका कारण यसपालि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रोकेको पूर्वराजाका सहयोगी फणिराज पाठकले बताए। पूर्वराजा शाहले हरेक वर्ष विजयादशमीको दिन निर्मल निवासमा सर्वसाधारणलाई टिका लगाइदिन्थे।

पूर्वराजारानीकहाँ टीका लगाउन सर्वसाधारणको भीड लाग्थ्यो। यसैगरी, पूर्वराजा शाह यसपालि महाअष्टमीमा शक्तिपीठहरूमा पनि नजाने भएका छन्।अष्टमीका दिन उनी मन्दिहरूमा दर्शन गर्न जान्थे। ‘कोरोनाको असहजताको परिस्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई ख्याल गर्दै यसपालिको विजयादशमी शान्त, शालीनता र सादगीका रुपमा मनाउने निधो भएको छ,’ पूर्वराजाद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*