नेपाल भोकमरीको सूचीमा ७३औं स्थानमा

बाइलाइन नेपाल
१ कार्तिक २०७७, शनिबार ०६:५५

विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा पुगेको हो ।सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिब २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा रहेका छन् । कोभिड–१९ महामारीका कारण नेपालमा भोकमरी र खाद्य असुरक्षाको अवस्था झन् बढ्ने अनुमान गरिएको छ । एफएओका अनुसार हाल विश्वमा करिब २ अर्बभन्दा बढी जनसंख्याका लागि सुरक्षित, पौष्टिक र पर्याप्त खानाको पहुँच पुगेको छैन । यो तथ्यांक सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान गरिएको छ ।

यस परिवेशमा खाद्य असुरक्षा र भोकमरी मुलुकका लागि ठूलो चुनौतीका रूपमा रहेको सरकारी अधिकारीले बताएका छन् । सरकारले विश्वव्यापी रूपमा खाद्य तथा पोषण सुरक्षाको महŒवबारे जनचेतना जगाउन र खाद्य संकट तथा भोकमरीको चपेटामा परेकाहरुलाई त्यस परिवेशबाट मुक्त दिलाउन विश्वव्यापी पहल र ऐक्यबद्धताका लागि आह्वान गरेको छ ।कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले भोकमरीको अवस्था अन्त्य गरी खाद्य सुरक्षा कायम गर्र्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार दृढ अठोटका साथ अघि बढिरहेको बताए ।

मन्त्री भुसालले १० वर्षमा कृषि उत्पादन दोब्बर गर्ने गरी उत्पादकत्व अभिवृद्धिका कार्यक्रम ल्याइएको दाबी गरे । मन्त्री भुसालले ‘संरक्षित कृषि, सुनिश्चित बचत’को अवधारणामा आधारित रही सहुलियत मूल्यमा मल, बिउ, नश्ल, सिँचाइ, बिजुली जस्ता उत्पादनका आधारभूत साधन स्रोत सबैको पहुँचमा पु¥याउने अभिप्रायका साथ सरकार क्रियाशील रहेको जनाए । राजधानी दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*