सोमबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिने

बाइलाइन नेपाल
३० आश्विन २०७७, शुक्रबार २०:४१

ललितपुर जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ। आज जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा सो निर्णय भएको जनाएको छ।

‘कात्तिक २ देखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण सो निर्णय गरिएको प्रशासनले जनाएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार २६० पुगेको छ। जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५४० र मृतकको सङ्ख्या ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*