पृथ्वीबाट आज मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने

बाइलाइन नेपाल
२७ आश्विन २०७७, मंगलवार ०७:३६

आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने भएको छ । मंगल, पृथ्वी र सूर्य आपसमा सीधा रेखामा हुने भएकाले पृथ्वीबाट आज मंगल ग्रह ठूलो र चम्किलो देखिने नासाले जनाएको छ । यी तीनवटा ग्रह १८० डिग्रीको कोणमा रहने यो दुर्लभ खगोलीय घटना भएको नासाले जनाएको छ ।

यसलाई टेलिस्कोपको सहयोगमा अवलोकन गर्न सकिने भए पनि राम्रोसँग हेर्न भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ। यस्तो दुर्लभ घटना हरेक २ वर्ष (२६ महिना) मा आउने खगोलबिद्हरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*