डा. केसीको पक्षमा मकवानपुरका साहित्यकार सडकमा

बाइलाइन नेपाल
२१ आश्विन २०७७, बुधबार १३:३०

हेटौंडा । मकवानपुरका साहित्यकार तथा लेखकहरु बुधबार सडकमा उत्रिएका छन् । नेपालको स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै १९ औं पटक आमरण अनसनरत डा. गोविन्द केसीको पक्षमा मकवानपुरका साहित्यकार तथा लेखकहरु सडकमा उत्रिएका हुन् ।

मकवानपुरका साहित्यिक संस्थाहरुको साझा सञ्जाल सर्जक सञ्जालको आयोजनामा डा. केसीको पक्षमा साहित्यकारहरु ब्यानर र पम्पेल्टसहित हेटौंडा बजारका विभिन्न स्थानमा ¥याली प्रर्दशन गरेका हुन् । साहित्य संगम मकवानपुरको भवन भैरवरोडबाट सुरु भएको ¥याली बजारको विभिन्न स्थान हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।

साहित्यकारहरुले केसीको पक्षमा प्रशासन कार्यालयमा २४ मिनेट धर्ना दिएको सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले जानकारी दिए ।उनका अनुसार डा. गोविन्द केसी आमरण अनसनमा बसेको आज २४ औं दिन भएकोले प्रशासन कार्यालयमा २४ मिनेट धर्ना दिएको बताए ।

सञ्जालले धर्ना पछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।कार्यक्रममा साहित्य संगम मकवानपुर, आँचल साहित्य कला पुञ्ज, झरना साहित्य परिवार, गजल मञ्च, मातृभूमि साहित्य समाजलगायत संघसंस्थाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*