सर्वसाधारणलाई काठमाडौं नआउन सरकारको आग्रह

बाइलाइन नेपाल
१७ आश्विन २०७७, शनिबार १९:५८
फाइल तस्वीर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका प्रवेश नगर्न आग्रह गरेको छ । शनिवार नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा यतिबेला संक्रमण दर बढेको भन्दै अत्यावश्यक काम नपरी काठमाडौं नआउन आग्रह गरेका हुन् ।

“सकभर काठमाडौं नआउनु, आउने परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर आउनुहोला,” उनले भने । पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमण दर दिनदिनै बढिरहेको छ। शनिवार मात्रै उपत्यकामा ११७७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिँदा काठमाडौं उपत्याकामा मात्रै १ हजार १७७ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ कोरोना संक्रमित थपिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*