मौसमआंशिक बदली रहने सम्भावना

बाइलाइन नेपाल
१४ आश्विन २०७७, बुधबार ०७:३३

हाल बङ्गालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

बुधबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*