आईपीएलः दिल्लीको दोस्रो जीत, चेन्नई ४४ रनले पराजित

एजेन्सी
१० आश्विन २०७७, शनिबार ०७:३९

इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हासिल गरेको छ ।आज राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराउन सफल भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनायो ।

दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रन बनाए ।शिखर धवन २७ बलमा ३५ रन बनाएर आउट भए भने पृथ्वी शाले ४३ बलमा ६४ रन जोडे । ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले ५८ रन बनाए । जितका लागि १ सय ७६ रनको लक्ष्य पाएको चेन्नईले निर्धारीत २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनायो ।

चेन्नईका पिउस चावलाले २ विकेट लिएका थिए ।खेलमा चेन्नईका सेन वाट्सन १४ र मुरली विजय १० रनमा आउट भए । चेन्नईले ४४ रनमा तेस्रो, ९८ रनमा चौथो र एक सय १३ रनमा पाँचौ विकेट गुमायो ।

टिमका कप्तान महेन्द्रसिंह धोनी १५ रनमा आउट भए । दिल्लीका कागिसो राबाडाले तीन विकेट लिए । जीतपछि दिल्ली लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*