लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का

एजेन्सी
७ आश्विन २०७७, बुधबार ०७:१३

बार्सिलोनाका महत्वपूर्ण खेलाडी लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का भएको छ ।बार्सिलोनाले क्लव छाड्ने स्वीकृति दिएसँगै उनी स्पेनिस ला लिगा टिम एथ्लेटिको मड्रिड जाने भएका छन् ।

बार्सिलोनाले उनलाई स्वतन्त्र मूल्यमा जान दिएको हो । ६ वर्ष बार्सिलोनामा रहेका उनले २८३ खेलमा १९८ गोल गरेका छन् । पासपोर्ट सम्बन्धी समस्याका कारण इटालियन सिरी ए क्लब युभेन्टससँगको सम्झौता प्रयास असफल भएपछि स्वारेज पारिश्रमिक घटाएर एथ्लेटिकोमा जान तयार भएका हुन् ।

एथ्लेटिकोले स्वारेजका लागि बार्सिलोनालाई चार मिलियन युरो मात्रै तिर्ने छ । यस्तै स्वारेजले बार्सिलोनामा वार्षिक ३० मिलियन युरो पारिश्रमिक पाउने गरेकोमा एथ्लेटिकोमा त्यसको आधा पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*