सहिद प्रित–भुपेन्द्रको सम्झनामा रक्तदान

बाइलाइन नेपाल
५ आश्विन २०७७, सोमबार १९:३१

हेटौंडा । सहिद प्रित–भुपेन्द्रको सम्झनामा सोमबार हेटौंडा क्याम्पसमा रत्तःदान कार्यक्रम भएको छ । जनयुद्धका क्रममा सहिद भएका प्रित–भुपेन्द्रको सम्झनामा भएको माकार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रम संयोजक हेलिष मोक्तानको सभाध्यक्षता तथा नेकपा केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सदस्य कुमारी मोक्तानको प्रमुख अतिथित्यामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मोक्तानले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र हजारौं हजारले सहिदहरुले रगत बगाएर आएको बताइन् । उनले परोपकारी काममा जुट्ने आयोजक र रक्तदान गर्ने सबैलाई धन्यवाद दिइन् ।

कार्यक्रममा नेकपा मकवानपुर जिल्ला सचिव एवम् वाग्मती प्रदेश सदस्य प्रेमबहादुर पुलामी, ओम बहादुर घलान , नेकपा प्रदेश कमिटी सदस्य ललित घलान , जिल्ला सचिवालय सदस्य एवम् नेकपा जिल्ला संगठन विभाग उपप्रमुख कमानसिं पाख्रिन् (पृथक), हेटौंडा क्याम्पस प्रमुख देवचन्द्र मानन्धर , चुडामणि रुपखेती लगायतको आतिथ्यता रहेको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*