प्रेस काउन्सिलको युवा पत्रकारिता पुरस्कार सम्पादक अधिकारीलाई

बाइलाइन नेपाल
५ आश्विन २०७७, सोमबार १९:०९

हेटौंडा । तु–खबर डट्कमका सम्पादक गिरिजा अधिकारी प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत हुने भएका छन् ।

काउन्सिलले सोमबार जारी गरेको विज्ञप्ति अनुसार, सम्पादक अधिकारी नगद १५ हजार राशीसहित पुरस्कृत हुने भएका हुन् । दुई दशकदेखि मोफसलमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार अधिकारी प्रदेश पत्रकार महासंघ वाग्मती प्रदेशका सल्लाहकार हुन् ।

काउन्सिलको ५१ औं वार्षिकउत्सवको अवसरमा काउन्सिलले विभिन्न विधामा अधिकारीसहित २४ जनालाई नगदसहित सम्मान गर्ने भएको हो । सम्मानित हुनेहरुमा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार–२०७७ बाट शम्भु श्रेष्ठ, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट अर्जुन बोहरा , प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट सेतोपाटी डटकम, प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट गोविन्द क्षेत्री, राजेन्द्र कार्की, धमेन्द्र कर्ण, ऋषि धमला र उमेश श्रेष्ठ रहेका छन् ।

त्यस्तै, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सटेन्द्र जबेगु, सुरेशचन्द्र अधिकारी, माधव पौडेल, गणेश चौधरी, राजु विक, कमल श्रेष्ठ, राजन सिंह, देवकुमारी गुरुङ, रेणु पराजुली, दीपेन्द्र वली, शेरबहादुर थापा, राधिका कँडेल र शान्ता कमली रहेका छन् ।

यसैगरी, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट वन प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादकरप्रकाशक नवराज रिजाल र प्रेस काउन्सिल भाषागत पत्रकारिताबाट वाम्बुले राई भाषाका गणेश राई सम्मानित हुने भएका हुन् ।

यसअघि काउन्सिलले आफ्नो वार्षिकउत्सव राष्ट्रपति भवनमा मनाउँदै आएकोमा यसवर्ष भने कोभिड–१९ संक्रमणको जोखिमलाई मध्येनजर गर्दै सो कार्यक्रम राष्ट्रपति भवनमा नगर्ने भएको प्रेस काउन्सिलले जनाएको छ । सम्मानित हुनेहरुलाई मंगलबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*