सोमबार थपिए १ हजार १ सय ५४ कोरोना संक्रमित, थप १६ जनाको मृत्यु

बाइलाइन नेपाल
५ आश्विन २०७७, सोमबार १६:२४

सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ। पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*