राक्सिराङमा बोलेरो दूर्घटनाः २ जनाको मृत्यु, १ जना गम्भीर घाइते

बाइलाइन नेपाल
५ आश्विन २०७७, सोमबार १६:०८

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ स्थित सरिखेत नजिक झिल्किनी भन्ने ठाउँमा बोलेरो जीप दूर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

मनहरी बजारबाट पसलको सामानका साथै यात्रु बोकेर सरिखेत जाँदै गरेको ग १ ज ७१७५ नम्बरको जीप सडकबाट करिब ४० फिट तल खस्दा स्थानीय १४ वर्षीय अनुप वाइबा र १३ वर्षीय रिजन तितुङको घटनास्थलमै मृत्यु भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पुष्टी गरे । दूर्घटनामा सोही ठाउँका २७ वर्षीय सुरज शाही गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि भरतपुर पठाइएको अध्यक्ष मल्लले बताए ।

केहीबेरअघि भएको दूर्घटनास्थलमा राक्सिराङ प्रहरी चौकीबाट प्रहरी पुगिसकेको छ भने इलाका प्रहरी कार्यालय मनहरीबाट पनि प्रहरी जाँदै गरेको अध्यक्ष मल्लले बताए । जीपमा चालकसहित ७ जना सवार रहेको बताइएको छ । अन्यको अवस्था भने सामान्य रहेको छ ।-प्रदेश सञ्चार डट्कमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*