हेटौंडाका विद्यालयहरुले सुरु गरे विद्यार्थी भर्ना

बाइलाइन नेपाल
१ आश्विन २०७७, बिहीबार १९:१४

कोरोनाका कारण रोकिएको शैक्षिक सत्र २०७७ को पठनपाठन वैकल्पिक पद्धतिबाट सुरु गर्ने गरी हेटौंडाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिहीबारदेखि भर्ना तथा अभिलेखीकरणको काम सुरु भएको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी भएको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका–२०७७ अनुसार हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले पनि सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरुमा पठनपाठन गर्ने विद्यार्थीहरुको विवरण अद्यावधिक गर्ने र सिकाई पद्धती छनोट तथा वर्गीकरण गरी समूहगत कार्ययोजना समेत तयार गर्न विद्यालयलाई दिएको निर्देशन अनुसार भर्ना तथा अभिलेखीकरणको काम सुरु भएको हो ।

निर्देशिका अनुसार हेटौंडाभित्रका विद्यालयहरुले १५ दिनभित्र विद्यार्थीको वर्गीकरण, शिक्षण सिकाईको कार्ययोजना, सम्पर्क शिक्षकलगायतको विवरण अभिलेखीकरण गर्नेछन् । विद्यार्थीको वर्गीकरण गर्दा सबै प्रविधिको पहुँचभन्दा बाहिर रहेको समूह, एफएम रेडियोमा पहुाच भएको समूह, टेलिभिजनमा पहुँच भएको समूह, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी समूह र इन्टरनेट तथा सूचना सञ्चार प्राविधिकका साधनमा पहुँच भएको विद्यार्थी समूह छुट्याउनुपर्नेछ । एक विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तरण हुने विद्यार्थीको भर्ना शुल्क लिन नपाइनेसमेत हेटौंडा उपमहानगर शिक्षा महाशाखा प्रमुख पूर्णबहादुर अछामीले जानकारी दिए ।-साभारः ईकान्तिपुर डट्कमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*