प्याज किन्दा मन्त्री नै ठगिएपछि…

बाइलाइन नेपाल
१ आश्विन २०७७, बिहीबार ०७:१७

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन्। उपभोक्ताका गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए।

व्यापारीले भट्टलाई प्याज प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरे । व्यापारीले भने प्याज ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेका थिए। उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० रुपैयाँदेखि ७५ रुपैयाँसम्ममा पाइन्थ्यो।

साधारण भेषभुषा र मास्क लगाएर अनुगमनमा निस्किएका भट्टलाई अधिकांश व्यापारीले चिनेनन्। अनुगमनका क्रममा बढी मूल्य लिएको, प्याज लुकाएको, नचिनेका उपभोक्तालाई छैन भनेर फर्काएको अभियोगमा सात वटा पसल सिल गरिएको छ।

भारतले प्याज निर्यातमा लगाए प्रतिकोबन्धको असर नेपाली बजारमा परेको छ। अन्नपूर्ण पोस्टमा राजेश बर्माले खबर लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*