हेटौंडामा रहेका कार्यालयको काठमाडौंमा सम्पर्क कार्यालय खोल्नु शंकास्पद

बाइलाइन नेपाल
३१ भाद्र २०७७, बुधबार १६:४१

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेका कार्यालयहरुको सम्पर्क कार्यालय काठमाडौंमा खोल्नु संघीयता विपरीत भएको भन्दै जनसरोकार केन्द्र मकवानपुरले आपत्ती जनाएको छ ।

केन्द्रका संयोजक ध्रुवप्रसाद चौलागाईंले जारी गरेको विज्ञप्तीमा सबै कुरा काठमाडौं केन्द्रित भयो भनेर हेटौंडामा प्रदेश राजधानी तोकिएकोमा संघीयता कार्यान्वयनको तहमा नै रहेको अवस्थामा सबै कुरा काठमाडौं केन्द्रित गर्दै जाने हो भने प्रदेश राजधानी हेटौडाको कुनै अर्थ नरहने उल्लेख गरिएको छ ।

प्रदेशका मुख्य न्यायधिवक्ताको कार्यालयबाट प्रदेश प्रमुखलाई बुझाएको प्रतिवेदनमा मुख्य न्यायधिवक्ताको सम्पर्क कार्यालय काठमाडौमा राख्र्ने भन्ने भावी योजनाको बुदा नं. ८ र सुझावहरुको बुदा नं. ११ प्रति केन्द्रको गम्भिर अपात्ती रहेको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘मुख्यमन्त्रिको सम्पर्क कार्यलय काठमाडौंमा खोलि सकेको र अहिले मुख्य न्यायाधिवक्ताको पनि सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने योजना रहेको र क्रमशः काठमाडौमा कामहरु पर्यो भन्दै सबै कार्यालयहरुको सम्पर्क कार्यालय काठमाडौंमा खोल्दै जाने गलत नियत हो भने प्रदेश राजजधानी हेटौंडाको कुनै औचित्य नरहने र यसले प्रदेश राजधानी हेटौंडा प्रतिनै प्रश्न चिन्ह खडा हुने पक्का छ ।’

प्रदेश अन्तरगत सबै जिल्लामा मातहतका कार्यालय हुँदाहुँदै सम्पर्क कार्यालयहरुको आवश्यक्ता किन पर्यो भन्ने प्रश्न विज्ञप्तीमा उठाइएको छ । संविधान बमोजिम उच्च अदालत हेटौंडामा तोकेर सहज हुने बाटो तर्फ ऐन कानून संशोधन गराउन लाग्नु र्नेमा काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने कुरा संविधान, कानून र संघीयताको बिरुद्धमा रहेकोले यस्तो गलत कार्यको विरोध गर्दै मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तीमा प्रदेशको राजधानी हेटौंडामा रहेका कार्यालयहरुको सम्पर्क कार्यालय खोल्ने नाममा हेटौंडाको औचित्यलाई धुमिल पार्न खोजिएको आरोप लगाइएको छ । त्यो अवस्था आएमा सहन नसकिने र यसबाट उत्पन्न हुने परिणामको सम्बन्धित पक्षले जिम्मा लिनुपर्ने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*