भूकम्पले हेटौंडामा पनि हल्लायो, भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक

बाइलाइन नेपाल
September 16th, 2020

हेटौंडा । बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का हेटौंडासहित मकवानपुरमा पनि महशुस भएको छ ।सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो ।

पछिल्लो समय ५ रिक्टरस्केलसम्मको भूकम्प गइरहेपनि लामो समयपछि ६ रिक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । हेटौंडामा पनि भूकम्पको धक्का महशुस भएपछि सर्वसाधारण घर बाहिर निस्किएका थिए । ठूलो धक्का महसुश भएकाले सर्वसाारणमा त्रास बढेको छ । अहिलेसम्म भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त हुन सकेको छैन ।

अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का विभिन्न जिल्लामा महसुश भएको थियो । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*