मनहरी गाउँपालिको एउटै वडाका २० जनालाई कोरोना

बाइलाइन नेपाल
September 15th, 2020

हेटौंडा । आज भदौ ३० गते दोस्रो पटक सार्वजनिक गरिएको विवरण अनुसार मकवानपुरमा ४५ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मनहरी गाउँपालिकामा मात्रै २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मनहरी गाउँपालिकाको ८ नम्बर वडामा १० जना महिला र १० जना पुरुषमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले जानकारी दिए ।

आयुर्वेद तथा जनसंख्या प्रर्वदन शाखा हेटौंडाले सार्वजनिक गरेको विवरण अनुसार मनहरी गाउँपालिकामा २० जना, कैलाश गाउँपालिकामा २ जना देखापरेका छन् । यसैगरी बाँकी २३ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । भदौ २९ गते संकलन गरिएको स्वाब मध्ये १०५ जनाको परीक्षण गर्दा ४५ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

आजै बिहान मकवानपुरमा १६ जना संक्रमित थपिएका थिए । आयुर्वेद तथा जनसंख्या प्रर्वदन शाखा हेटौंडाले सार्वजनिक गरेको विवरण अनुसार हेटौँडा उपमहानगरपालिकाका १५ जना र मनहरीका १ जना गरी १६ जना थप कोरोना संक्रमित थपिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*