मकवानपुरको बकैया गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी बनाउँदै

बाइलाइन नेपाल
२९ भाद्र २०७७, सोमबार २०:१५

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी निर्माण गर्ने भएको छ । स्वास्थ्यमा पहुँच नभएका कारण गाउँगाउँमा मानिस रोग लुकाएर बस्न बाध्य रहेको अवस्थामा गाउँपालिकाले एकै साथ ८ वटा बडामा स्वास्थ्य चौकी भवन निर्माण थालेको अध्ययक्ष दामोदर खनालले बताए ।

‘यसै वर्षभित्र स्वास्थ्य चौकी निमाणको काम सक्ने गरी काम अघ बढाएका छौं,’ उनले भने, ‘गाउँपालिकाभित्र स्वास्थ्यमा पहुँच भएन भन्ने अवस्था आउन नदिने लक्ष्यका साथ काम थालेका छौं ।’अध्यक्ष खनालका अनुसा १ र ६ नम्बर वडामा स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न भइसकेको छ । वडा नम्बर ३ र ७ मा भने भवन निर्माणका लागि शिलान्यास भइसकेको उनले बताए । वडा नम्बर ५, ८, १०, ११ मा पनि स्वास्थ्य चौकी भवन निर्माणका लागि ठेक्का आवहन भइसकेको र छिट्टै काम पनि सुरु गर्ने तयारी थालिएको उनको भनाइ छ ।

साविक गाविसहरुमा भएका स्वास्थ्थ चौकीहरुलाई कायम राख्दै नभएका वडाहरुमा स्वास्थ्य चौकी निर्माणका लागि न्यूनत्तम ३७ लाख रुपियाँ छुट्याइएको उनले बताए । बैकैया गाउँपालिका घोषणा हुनअघि नै वडा नम्बर २, ४, र ९ मा स्वास्थ्य चौकी सञ्चालनमा थिए । सोमबार ठेक्का सम्भौता भएपछि वडा नम्बर ३ हात्तीसुँडे र ७ भीरकोटमा पनि स्वास्थ्य चौकी भवन निर्माणका लागि शिलान्यासको काम भइसकेको अध्यक्ष खनालले बताए ।अनलाइनखबर डट्कमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*