हेटौंडामा एकैदिन ९५ जनामा कोरोना संक्रमण (पूर्ण विवरणसहित)

बाइलाइन नेपाल
२६ भाद्र २०७७, शुक्रबार १९:४७

हेटौंडा । मकवानपुरमा हालसम्मकै  धेरै कोरोना संक्रमित शुक्रबार हेटौंडा उपनगरपालिकामा फेला परेका छन् । शुक्रबार सार्वजनिक रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपाकिा भित्र ९५ जना कोरोना संक्रमित फेला परेका हुन् । यो संख्या मकवानपुरमा हालसम्मकै धेरै भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले जानकारी दिए ।

शुक्रबार साँझ सार्वजनिक रिपोर्ट अनुसार सबैभन्दा बढि हेटौंडा–१० मा १३, हेटौंडा–४ मा १२ र कर्मचारी ३९ जना रहेका छन् । भदौ २४ र २५ गते संकलन गरिएको १९७ जनाको स्वाब परीक्षण गर्दा ९५ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*