सुरक्षित रहेर सेवा दिन सहकारी संघ मकवानपुरको आग्रह

बाइलाइन नेपाल
September 11th, 2020

हेटौंडा । कोरोना संक्रमण नियन्त्रणका लागि मकवानपुर जिल्लामा लगाइएको निषेधाज्ञा अवधिभर जिल्लाभरिका सबै सहकारीहरुले सामुदायिक संक्रमण न्यूनीकरणका लागि ५० प्रतिशत कर्मचारीहरुको उपस्थितिमा समुदायलाई सेवा दिन मकवानपुर जिल्ला सहकारी संघले जिल्लाका सबै सहकारीहरुलाई अनुरोध गरेको छ ।

संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले जारी गरेको विज्ञप्तीमा सहकारीहरु दिउँसो २ बजे सम्म मात्र खोल्न तथा बजार प्रतिनिधि मार्फत दैनिक गरिने बचत संकलनलाई जोखिम उच्च हुने भएकोले निषेधाज्ञा अवधिभर नगराउन अनुरोध गरेको छ ।

ज्वरो लगायत कोभिड १९ सँग मिल्दोजुल्दो लक्ष्यण देखिएका कर्मचारीलाई पीसीआर चेक गराउन साथै रिपोर्ट नेगेटिभ आएपछि मात्र कार्य गर्न गराउन विज्ञप्तीमा उल्लेख छ । कोभिड १९ बाट सुरक्षित रहनका लागि सुरक्षाको बिधि अपनाइ कार्य गर्न सबै सहकारीहरुलाई अनुरोध गरिएको छ ।साथै यस अघि पनि सूचना मार्फत गरिएको अनुरोधलाई सहकारीहरुले पालना गरेकोमा संघले सबै सहकारीहरुलाई धन्यवाद व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*