यस्तो छ आजको मौसम पूर्वानुमान

बाइलाइन नेपाल
September 8th, 2020

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको र स्थानिय वायुको पनि प्रभाव रहेको छ। ।

स्थानीय वायुको प्रभावका कारण हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आजको मौसम पूर्वानुमानका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।यसैगरी, राति देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता, प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*