आईपीएल क्रिकेट : सन्दीप सामेल दिल्लीको पहिलो खेल सेप्टेम्बर २० मा

बाइलाइन नेपाल
September 7th, 2020

कोरोना भाइरसका कारण लामो समयदेखि अनिश्चित बनेको इन्डियन प्रिमियर लिग(आईपीएल) सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ। आज सार्वजनिक भएको तालिकाअनुसार सेप्टेम्बर १९ मा हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्स भिड्ने छन्।

त्यस्तै, नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले सेप्टेम्बर २० मा किङ्ग्स इलेभेन पञ्जाबको सामना गर्ने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*