कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

बाइलाइन नेपाल
२० भाद्र २०७७, शनिबार ०९:०७

मोरङ, नवलपरासी र रुपन्देही गरी कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना, धरान घोपा आईसोलेनमा उपचार भइरहेका एक जना र कोशी अस्पतालमा उपचार गराइरहेका एक जना गरी तीन जना संक्रमितको मृत्यु भएको हो ।

शुक्रबार मोरङ बिराटनगर मनपा–४ की ६४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको र स्वाव संकलनपछि कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानमा बिराटनगर–११ की ४३ वर्षीया महिलामा श्वासप्रश्वासमा कठिनाइ हुने, पेट र छात्ती दुख्ने लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि न्यूरो अस्पताल बिराटनगरबाट रिफर गरिएको र उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

यस्तै, बुटलको कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । नवलपरासीको प्रतापपुरकी ३७ बर्षीय महिला र रुपन्देहीको बुटवल उपमहानगरपालिका बार्ड नम्बर ११ का ४० बर्षीय पूरुषको मृत्यु भएको अस्पालका फोकल पर्सन डा सुर्दशन थापाले  बताए ।

नवलपरासीकी महिलालाई १७ गते भर्ना गरिएको थियो । गए रातिदेखी भेन्टीलेटरमा राखी उपचार गर्दा गर्दे आज बिहान ६ बजे मृत्यु भएको थियो । उनलाई ज्वरो, खोकी लागेपछि परिक्षण गर्दा कोरोना देखीएको थियो ।भने कुनै दिर्घरोग नभएको डा.थापाले बताए ।

बुटवलका ४० बर्षीय पुरुष १५ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका थिए । विगत ४ दिनदेखी भेन्टीलेटरमा राखेर उपचार गर्दा गर्दे गएराती ११ वजे मृत्यु भएको थियो । उनलाई पनि कुनै दिर्घरोग नभएको डा. थापाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*