निजी विद्यालयले अनलाईन कक्षाको शुल्क लिन पाउँछन्ः शिक्षामन्त्री पोखरेल
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनलाईनबाट कक्षा सञ्चालन गरेवापतको शुल्क लिने व्यवस्था मिलाउन स्थानीय निकायलाई आग्रह गर्नु भएको छ । मन्त्री पोखरेलले भर्खरै भर्चुअल बैठकमा सो निर्देशन दिनुभएको हो । उँहाले भन्नुभयोः निजी लगानीका विद्यालयले न्युनतम सिकाइ सुनिश्चित गरेपछि शुल्क लिन पाउनुपर्छ । निजी विद्यालयले वैकल्पिक कक्षा सञ्चालन गरेर शुल्क लिए पछि स्थानीय तहको अधिकार खोस्दै शुल्क नलिन निर्देशन दिएको थियो ।
साढे चार महिना कक्षा नभएको अवस्थामा वैकल्पिक पद्धतीलाई मुल प्रवाहमा ल्याउन आग्रह गर्दै मन्त्री पोखरेलले केही सुमय यही माध्यमबाट पठन पाठन हुने बताउनुभएको छ । मन्त्री पोखरेलले सबै शिक्षकलाई विद्यालयमा जाने वातावरण बनाउन स्थानीय निकायलाई निर्देशन दिनुभएको छ । त्यस्तै टाढाबाट विद्यालय पुग्ने शिक्षकलाई कम्तिमा पनि १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाले ९० लाख विद्यार्थी परीक्षाबाट वञ्चित भएको बताउनुयो । उहाले सबै विद्यार्थीलाई घरमै बसेर पढ्ने वातावरण बनाउन पनि आग्रह गर्नुभएको छ । उहाले केही दिनमा सिकाइ सहजीकरण निर्देशिका तयार गरी सोही अनुसार पठन पाठनको व्यवस्था गरिने जानकारी दिनुभयो ।
मन्त्री परिषदको बैठक लगत्तै मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सहजिकरण निर्देशिका जारी भएपछि सबै समस्या समाधान हुने बताउनुभयो । उहाले सबै विश्वविद्यालयलाई ६ महिनाको कोभिड केन्द्रीत क्यालेण्डर तयार गर्न आग्रह गर्नुभयो । सबै विश्वविद्यालयलाई भनिसकेका छौ, सबैले केही दिनभित्र क्यालेण्डर सार्वजनिक गरेर कार्यान्वयन गर्नेछन् ।
उहाले अब सबै वालबालिकालाई वैकल्पिक माध्यमबाट पठन पाठन शुरु गराउन आग्रह गर्नुभयो । उहाले भन्नुभयोः अबयही पद्धती लागु हुन्छ सोही अनुसार पठाउने वातावरण बनाउनुपर्छ । उहाले कोभिड संक्रमण बढीरहेको अवस्थामा तत्काल शिक्षालय खोल्ने अवस्थान भएको बताउनुभयो । पत्रकार सम्मेलनमा शिक्षामन्त्रालयका प्रवक्ता दीपक शर्माले वैकल्पिक शिक्षाको बारेमा जानकारी दिनुभएको थियो ।साभारः न्यूजअफ नेपाल डटकमबाट

बाइलाइन नेपाल











