देशभर थपिए १२२८ कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २२८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर १ हजार २२८ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
आज थपिएका संक्रमितसँगै कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । सोमध्ये निको हुनेको संख्या २४ हजार २०७ रहेको छ । २४ घण्टामा ९१७ जना डिस्चार्ज भए । यस्तै २४ घण्टामा १३ हजार ४१७ जनाको पीसीआर परीक्षण भयो ।

बाइलाइन नेपाल











