पारस खड्काको ब्याटिङ वरीयतामा सुधार, बलिङतर्फ सन्दीपको वरीयता यथावत
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको वरीयता सुधार भएको छ ।आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयतामा ४ स्थान सुधार भएको हो ।
नयाँ ब्याटिङ वरीयतामा पारस ७१औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ७५औं स्थानमा थिए ।नेपालका लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरीयता भने यथावत रहेको छ । नयाँ वरीयतामा सन्दीप ७९औं स्थानमा रहेका छन् ।टी- ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५औं स्थानमा यथावत रहेको छ ।

बाइलाइन नेपाल











