‘कोरोनासँग आफै बच्नु नै एकमात्र विकल्प’

बाइलाइन नेपाल
१३ भाद्र २०७७, शनिबार २०:५०

रेडियो बुलेटिनको आयोजनामा शनिबार “कोभिड १९ ले मकवानपुरमा पारेको प्रभाव र जनप्रतिनिधिको भूमिका” बिषयक अन्तरक्रिया भएको छ । मकवानपुरमा निरन्तर संक्रमण बढिरहेको परिस्थितिलाई मध्यनजर गर्दै रेडियो बुलेटिनले मकवानपुरबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यहरु, संघीयसभा सदस्यहरु,वाग्मती प्रदेशसभा सदस्यहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख र उपप्रमुख, स्थानीय तहका प्रमुख र उपप्रमुख, नागरिक समाज, स्वास्थ्य क्षेत्रका व्यक्तिहरु तथा सुरक्षा निकायका प्रमुखहरुबिच कोभिड १९ ले मकवानपुरमा पारेको प्रभाव र जनप्रतिनिधीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम भच्र्युअल माध्यमबाट गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा संघीय सभासदस्य विरोध खतिवडाले अहिलेसम्म कोरोना भाइरसको भ्याक्सिन नबनिसकेकोले हामी आफैले सुरक्षाको ब्यबस्था गर्नुपर्ने बताए । उनले मकवानपुर अहिले कोरोनाको हटस्पट बनिरहेको अबस्थामा तीन तहका सरकारसग आबश्यक समन्वय गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
सरकारले धेरै काम गरेको तर जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरे । उनले आफ्नो तर्फबाट केके गर्नु पर्ने हो सबै गर्न तयार रहेको पनि बताए । नेकपाले मात्र नभएर यो विषम् परिस्थीतिमा सबै पाट्री, नागरिक समाज मिलेर जानुपर्ने उल्लेख गरे ।

यसैगरी अर्थसमितिका सभापतिसमेत रहेका संघीय सांसद कृष्णप्रसाद दाहालले पिसिआर परिक्षण गर्ने उपकरणदेखि अन्य केके गरे कोरोनाको चपेटाबाट उन्मुक्ति पाउन सकिन्छ त्यो सबै काम गर्न तिनै तहका सरकार पछि नहट्ने र हट्न पनि नहुने बताए । कार्यक्रममा राष्ट्रिय सभा सदस्यहरु रामनारायण बिडारी र रामचन्द्र राई , प्रदेश सभा सदस्यहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जुनेलीमाया श्रेष्ठ र सन्तबहादुर प्रजा सहभागी रहेका थिए ।

यसैगरी जिल्ला समन्वय समिति मकवापुरका प्रमुख रघुनाथ खुलाल र जिल्ला समन्वय समिति मकवापुरका उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्ट, हेटौडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामा ,आनुबांशिक बैज्ञानिक डा सन्तोष दुलाल, जिल्ला प्रशासन कार्यालयका प्रबक्ता देवचन्द्र गगर्तौला, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजन पाठक, पत्रकार महासघ वाग्मती प्रदेशका सल्लाहकार गिरिजा अधिकारी, अधिबक्ता ध्रुबप्रसाद चौलागाई, हेटौडा अस्पताल बिकाश समितिका अध्यक्ष प्रकाश पौडेल, हेटौडा अस्पतालका मेसु प्रविण श्रेष्ठ र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायलगायतको उपस्थिति रहेको थियो।

मकवानपुरबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र सरोकारवाला सबैसग मकवानपुरमा बढिरहेको कोरोनाको जोखिम कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको हो । मकवानपुरमा तीन तहका सरकारका विच समन्वय नभइरहेको परिस्थितिमा यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमको सभाध्यक्षता गर्दै रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिलकुमार खातीले बताए । कार्यक्रमको सहजिकरण मसान उपासकले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*