थप ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

बाइलाइन नेपाल
१० भाद्र २०७७, बुधबार १६:२८

देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संखया १९ हजार ५०४ पुगेको छ। यस्तै हाल देशभर १४ हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् भने त्यसमाहोम आइसोलेशनमा ६ हजार २८ जना र संस्थागथत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् । पछिल्लो २४ घण्टामा  १३ हजार २९३ जनाको पीसीआर परीक्षण भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*