सीपीएल क्रिकेट : जमैकाको दोस्रो जित, सन्दीपको शानदार बलिङ

बाइलाइन नेपाल
August 26th, 2020

क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा जमैका तालावाजले दोस्रो जित हात पारेको छ ।नेपाली युवा खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालावाजले आज विहान भएको गुयाना अम्याजन वारियर्सविरुद्धको खेलमा पाँच विकेटको जित हासिल गरेको हो ।

वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो ।उसका लागि एन क्रुह्माह बोनरले ३० र ग्लेन फ्लिप्सले २६ रन बनाए । यसअघि पहिले व्याटिङ गरेको वारियर्सले २० ओभरमा नौ विकेट गुमाएर एक सय ८ रन बनायो ।

नेपालका सन्दीपले आज पनि उत्कृत बलिङ गरे । सन्दीपले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए ।यस्तै फिडेल एडवार्ड र मुजीब रहमानले ३/३ विकेट हात पारे । सन्दीप आवद्ध टिमले चार खेलमध्ये दुई खेल जितेको छ र चौथो स्थानमा छ ।

सीपीएलमा सन्दीपको अहिलेसम्मको प्रदर्शन

जारी सीपीएल अन्तर्गत सन्दीपले हालसम्म शानदार प्रदर्शन जारी राखेका छन् । उनी आवद्ध जमैका ४ खेलमध्ये २ खेलमा पराजति भए पनि सन्दीपको प्रदर्शन भने प्रशंसनीय रहेको छ ।

आजको खेलमा उनले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए । उनले पहिलो पटक कुनै पनि बाउन्ड्रि खाएनन् ।यसअघिका तीन खेलमा सन्दीपले पहिलो खेलमा एक विकेट लिएका थिए भने दोस्रो खेलमा पनि एक विकेट हात पारेका थिए ।

यस्तै तेस्रो खेलमा उनले २ विकेट लिएका थिए । उनले यो सिजन जारी रहँदा अहिलेसम्म चार खेलमा ७२ रन खर्चिएर पाँच विकेट लिन सफल भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*